Saturday, 12 March 2022

कथा The Story

कथा क्षितिज के हिमालय . ललितपुर – २, सानेपा, सांचल, ललितपुर इमेल : itsmehimalaya@gamil.com -------------------------------------------------- १ --------------------------------------------------------------- बाबा निद्रा बोलाई देऊ ! १८ बर्ष पुग्न लागेकी जवान छोरी ओछ्यानमा कराउछे . हिमाल ऊ तर्फ जाँदै – हिजो अस्ति त खूब निद्रा लाग्थ्यो, आज के भयो ? हिजो अस्ति पढ्नु पर्थ्यो, आज बाट जाँच सकिएकोले निद्रा लागेन हो ? हिमाल छोरीको टाउको सुम्सुम्याउदै सुत छोरी भन्छ . तर छोरी कराउछे, निद्रा बोलाई देऊ... . बाबा गीत गुन्गुनाउछ–आइजो निदरी आइजो..., त्यो गीत होइन, अर्कै गीत भन, हसाउने वाला गीत भन..., छोरी कराउछे . त्यो गीत पनि होइन, अर्कै गीत भन . हिमाल अर्को गीत गुन्गुनाउछ–डिमीडिमी डिमीडिमी डमरु बजाउदै... कैलाशैमा... हो शिवजीको बस्ति छ... . गीत होइन कथा भन बाबा कथा . जवान छोरीलाई सुताउन हिमालले कथा सुरु गर्छ | त्यसै बेला आमा कोठामा छिर्दै, अझै सुतेकी छैन? छिटो सुत्, भोलि बिहानै आमाकोमा (मामाघर) जानु पर्छ . छोरी फेरी कराउछे – बाबा... निद्रा बोलाई देऊन . हिमाल छोरीलाई सुताउना कथा भन्न थाल्छ : एकादेशमा एउटा कनिके राजा थियो..., त्यो हैन हैन, अर्को कथा भन, छोरी फेरी कराउछे . हिमाल– एकादेशमा एउटा गुइठे थियो... त्यो पनि हैन भन्या..., अर्को भनन, नयाँ वाला कथा, छोरी फेरी कराउछे . चुपलागेर सुत् न, बेलामा सुत्नपनि दिन्न | अब जाँच सकियो, भोलिदेखि मलाई सहयोग गर्ने बिहानै उठेर, आमा रीशान्तिनी कराउछे . बाबा... निद्रा बोलाई देऊन, छोरी फेरी कराउछे | यो हिमाल र छोरीको सुत्ने बेलाको दैनिकी जस्तै हो . आमा चै रिसाउदै - यी बाउ-छोरीलाई... कौसीमा सुत्न जाऊ . छोरी ओछ्यान बाट उठेर ताली बजाउँदै कराउँछे– मम्मी रिशायो, मम्मी रिशायो . हिमाल फेरी छोरीको टाउको सुम्सुम्याउदै सुत छोरी चुप्प लागेर सुत, म कथा भन्छु भन्छ . छोरी आँखा चिम्म गर्छे, हिमाल कथा भन्न थाल्छ: ---------------------------------------------------------- २ ------------------------------------------------------ नेपाल भन्ने देशमा श्रीमान, श्रीमती, र एउटी छोरी सहितको एउटा सानो परिवार थियो . बाहिरबाट हेर्दा त्यो परिवारमा सधै कलह भए जस्तो देखिएपनि एक अर्का प्रति समर्पण र बिश्वास भएकोले परिवार साह्रै खुशी थियो . परिवारमा कोइ रिसाए अरु दुइ जनाले उडाउथे अनि एकै छिनमा सबै हास्न थाल्थे . आज छोरीले १२ कक्षाको परीक्षा सकेकी हुनाले सुत्न सकेकी छैन . शहरमा हुर्केकी, अंग्रेजी मध्यम को स्कूलमा पढेकी, अनि इन्टरनेट बाहेकको बाहिरी संसार अनुभब नगरेकी छोरी१८ वर्ष पुग्न लाग्दा पनि बच्चा जस्ती छे . उस्लाई सुताउन आझै पनि कथा सुनाउनु पर्छ . जवान छोरी आफ्नो अलग कोठा भएपनि अझै बाबु र आमाको बीचमा नै सुत्छे . तर भोलि देखि त्यसो हुने छैन . आउदा तिन– चार महिनामा अथवा भनौ १२ कक्षाको परीक्षाको नतिजा आउने बेला सम्म छोरी धेरै प्रश्न गर्न सक्ने हुनेछ . हरेक मुद्दालाई विश्लेषण गर्न सक्ने हुने छ . अनि जिम्मेवार नागरिक पनि . भोलि बिहानै उठेर ऊ आफ्ना केहि दैनिकीका समान झोलामा राखेर देशाटनमा लाग्ने छ . हुन त आमा-बाबुलाई त्यो क्षण सहज लाग्ने छैन, तरपनि छोरीको जिद्दीपनको अगाडी उनीहरुको केहि लाग्ने छैन... हिमालले यति भन्दा सम्म छोरी सुतिसकेकी छ . तर हिमालले निरन्तर कथा सुनाइ रहेको छ : ---------------------------------------------------------- २ ------------------------------------------------------ आज छोरीलाई अरु दिन जसरि कराई कराई उठाउनु परेन . बिहान पाँच बज्दा-नबज्दै ऊ उठी, बिहानको दैनिकी पछि झोला कसी र मा हिडे है, पिर नगरी बस्नु भन्दै निस्की . आमा-बाबुले कहाँ जान लागेको भन्दै सोधे, तर उस्ले तिन– चार महिना पछि भेटौला भन्दै हिडी . आमा चाही ‘मामाघर जाने भए आमालाई अलिकती सुगर फ्री लिएरजा है, सकिएको छ रे’ भन्दै थिइन्, तर छोरी म मामाघर जान्न भन्दै निस्की . साँझ अबेर भैसक्यो, तर छोरी घर फर्केकी छैन . छोरीको फोन स्विच अफ छ . रीशान्तिनीले मामाघरमा फोन गरेर सोधिन, तर छोरी त्यहाँ नगएको थाहा भयो | बाबुले चिनेका छोरीका साथीहरुलाई फोन गरेर सोधे, तर कसैलेपनि आज उसलाई देखेको भनेनन् . रात छिप्पिदै गर्दा दुवै आमा-बाबुको मनमा चिसो पस्यो . उनीहरु कता कता डराउन थाले . मामाघर, साथीहरु तिरपनि हल्ला फैलियो, हिमाल र रीशान्तिनी कि छोरी घर छैन रे . हल्लाहरु नराम्रा पनि हुन थाले . पोइल गइ होलि- तर त्यसको त कोइ केटासाथी थिएन त ? प्रस्नहरु उठ्न थाले . समाज न हो, बर्सौ देखि छिमेक मै बसेपनि खासै चिनजान नभएका छिमेकीहरुले पनि चासो देखाउन थाले | अड्कलबाजी चल्न थाल्यो . यति सम्म कि कसैले कोइसंग कता गएको, कसैले कोइसंग कता गएको देखेको भन्न थाले | त्यति मात्र कहाँ हो र कतिले त विभिन्न अपराधिक घटनाहरु संगपनि जोड्न थाले... फल्नो ठाउँमा यसरि हराएकी युवतीको हत्या भएको, बलात्कार भएको, दिल्ली कोठीमा पुर्याइएको आदि आदि . रीशान्तिनी र हिमाललाई छटपटी हुन थाल्यो . सम्झाउनेहरु भन्दा तर्साउनेहरुको संख्या बढ्न थाल्यो . हिमालले केहि सहयोग होला भन्दै प्रहरीलाई खबर गर्यो . प्रहरीले छोरीको फोटो र हुलिया सहित ‘युवती हराएको सूचना’ जारी गर्यो अनि मातहतका कार्यालयहरुमा सर्कुलर पनि पठायो . हिमाललेपनि सामाजिक संजाल मार्फत कसैले देखे, भेटेमा तुरुन्त खबर गर्न भन्यो . रात छिप्पिदै जाँदा प्रहरीले छोरी अन्तिम पल्ट देखिएको फोनको लोकेशन ट्रयाक गर्दा ड्रिम गार्डेन वरिपरी बिहान १२ बजे तिर देखायो . प्रहरीले तुरुन्त सिसि क्यामेरा फूटेज हेर्न लगायो . तर छोरी त्यहाँ देखिइन . यत्तिकैमा रात बित्यो, पत्र पत्रिकामापनि युवती हराएको समाचार प्रसारण भयो . बिहान करिब १० बजे तिर हिमालको फोनमा घन्टी बज्यो . उसले फोन उठाएपछि उता बाट कसैले युवती उनीहरुको कब्जामा रहेको र युवतीलाई सकुशल चाहने हो भने ५ लाख फिरौती व्यवस्था गर्न भन्दै प्रहरीमा सुइँको नदिन चेतावनी दियो र फोन काट्यो . तर हिमाल प्रहरी कार्यालयमा नै भएको अवस्थामा यो कुरा प्रहरीबाट लुकाउन सम्भब थिएन . प्रहरीले हिमाल र रीशान्तिनीलाई उद्धार कार्यमा अत्त्यधिक सावधानी अपनाई क्षति हुन बाट बचाउने आस्वस्थ पार्दै रहेपनि उनीहरु डरले थरथर कपि रहेका थिए . प्रहरीले आएको फोन ट्रयाक गर्यो . करिब तिन घण्टाको अबधिमानै प्रहरी फोन गर्ने मान्छेलाई समात्न सफल भयो, तर छोरी भेटिइन . प्रहरीले पक्राउ परेको व्यक्तिको प्रहरी रेकर्ड अनि अरु पृष्ठभूमि हेर्यो . तर कतै अपराधिक पृष्टभुमी देखिएन . उक्त मानिसले पैसाको लोभले त्यसै तर्साएर दुइ-चार लाख झार्न यसो गरेको बतायो . तर प्रहरीले उसलाई हिरासतमानै राखेर अनुसन्धानगर्दै युवतीको खोजि गर्न थाल्यो . दोस्रो साँझ पर्न थाल्यो, तर छोरीको अत्तोपत्तो लागेन . हिमाल रीशान्तिनीलाई अंगालोमा बेरेर हाम्रो खुशीमा के बिपत आइ लग्यो यो? छोरी कहाँ छौ ? भन्दै रुन थाल्यो . ---------------------------------------------------- ३ ------------------------------------------------------------ ढोकामा ढकढक आवाज आउछ - घरमा को हुनुहुन्छ? भित्रबाट बुढी बज्यु निस्कँदै, कोहो यती राती ? बज्युले आँखा मिच्दै हेर्छिन . अगाडी एउटी जवान केटि छ . को हो नानी ? कहाँ हो घर ? एक्लै राती-राती यसरी हिड्न हुन्न . आऊ भित्र भन्दै उक्त युवतीलाई हातमा समाउदै भित्र लग्छिन . बज्यु फेरी सोधछिन-घर कहाँ हो ? केटि मान्छे यसरि हिडे पछि त बदमासहरुले तछाड-मछाड गर्छन नानी . दिन दिनै मान्छे मारेको, बलात्कार गरेको, बेच्न लागेको समाचार पढेको छैन ? पढ्न त पढेको होला नि नानी ले, हाम्रो पालामा त पढ्न स्कूल नै थिएन नानी . मलाई त पढ्न आउदैन नानी . बज्यु फतफताउछिन– आजपनि उता सहरमा एउटी जवान केटि हराई अरे . टीबीले भनेको नानी . फोटो पनि देखाको थियो, मैले त आँखाले राम्रोसंग ठम्यौन सकिन . नाम पनि के पो भन्थ्यो, ए ए ‘कथा’ भन्थ्यो क्यारे . कस्तो नाम पनि ‘कथा’ अरे . अनि नानीको नाउ केहो ? घर कहाँ हो ? अनि कता जान हिडेको ? बिचरी त्यो ‘कथा’ भन्नेलाई कसैले केहि गर्यो कि ? १७ -१८ वर्ष कि भरभराउदी त थिई होलि . नानीको उमेर कति भयो ? त्येस्तै १७-१८ वर्ष त होला नि . समय पनि कस्तो डरमर्दो के अचेल त . हाम्रो पालामा त एस्तो थिएन नानी . हामी त रात-बिरात सधै काममा हिडथ्यौ . बरु जंगली जनावरको डर हुन्थ्यो . अहिले त मान्छे कै डर . बज्युको ‘सहरमा एउटी जवान केटि हराई अरे, नाम ‘कथा’ भन्थ्यो’ भन्ने शब्दले त्यो युवतीको मनमा चिसो पस्यो . उस्ले बज्युलाई आफ्नो नाम ‘सपना’ बताई र आफ्नो फोन हराएकोले बज्यु संग फोन भए एक पल्ट दिन भनि . बज्युले पटुका बाट फोन झिकेर लौ नानी भन्दै दिईन . सपनाले एउटा नम्बरमा फोन गरेर हेल्लो, बाबा, म ‘कथा’ . के भयो र त्यता ? मैले त यता नराम्रो हल्ला सुने त ? म ठिक छु बाबा, मामु खै ? म धुलिखेल माथि तिरको एउटा घरमा एकजना बज्यु संग छु . यो नम्बरमा फोन गरन बाबा, मेरो फोन हरायो, यो बज्युको नम्बर हो . उता बाट ‘कथा’ ‘कथा’ आवाज आउदै थियो, ‘कथा’ले फोन काटि . प्रहरी चौकीमा भएकोले प्रहरी अफिसरहरु संगै छन् . हिमाल आसु पुच्छ्दै रीशान्तिनीलाई सुनाउछ, छोरी, छोरीको फोन, ऊ ठिक छ रे ‘कथा’ ठिक छ . उस्को फोन हरायो रे अनि अर्काको नम्बर बाट फोन गरेकी रे . हिमालले ‘कथा’ले फोन गरेको नम्बरमा फोन लगाउछ . प्रहरीले त्यो नम्बरको लोकेशन ट्रयाक गर्छ र धुलिखेल प्रहरीलाई ‘कथा’को रेस्क्यु गर्न भन्छ . ‘कथा’ले बज्युलाई मैले बाबालाई फोन गर भनेको छु, एक छिनमा फोन आऊछ होला, फोन एकछिन मै राख्छु है बज्यु भन्छे . बज्यु हुन्छ भन्नु हुन्छ . उताबाट हिमालको फोन आउछ . ‘कथा’ले बिगत २४ घण्टामा बिकशित परिस्थिति प्रति बाबा मम्मी, प्रहरी तथा सबै आफन्त र साथीहरु संग माफी माग्छे र आफ्नो खोजिमा बाबा मामुलाई सहयोग गर्ने सबैलाई धन्यवाद भन्छे . रीशान्तिनीले ‘कथा’लाई घर फर्कन भन्छे, तर ‘कथा’ मान्दिन . यत्तिनै बेला धुलिखेल प्रहरी ‘कथा’ को रेस्क्युकोलागि आइपुग्छ . बज्यु हात हतियार सहित आएका प्रहरी देखेर डराउछिन . तर ‘कथा’ले सम्झाउदै- केहि हुन्न बज्यु, उहाँहरु मलाई खोज्न आउनु भाकोहो, मैले बाबा संग कुरा गरे, अब उहाँहरु फर्कनु हुन्छ भन्दै शान्त बनाउछे . तर प्रहरीले ‘कथा’लाई लिएर मात्र फर्किने ‘आदेश’ भएको भन्दै ‘कथा’लाई उनीहरु संग जान भन्छ . अब भने ‘कथा’ अफ्ठेरोमा परि . सहर बाट हराई भनेको केटि मै हो बज्यु . म हराएको छु त बज्यु ? छैन नि हैन ? म त बज्यु कहाँ भाग्यले आइपुगे है, ‘कथा’ले बज्युलाई अंगालो हाल्छे र आजको रात म बज्यु संगै बस्छु है भन्छे . तर प्रहरीले हुँदैन भन्छ . ‘कथा’ले फेरी बज्युको फोन मागेर बाबालाई फोन गर्छे र बाबालाई कल ब्याक गर्न भन्छे . बाबाको फोन आएपछि रुँदै ‘बाबा प्रहरीहरुलाई फर्कन भनन . म सुरक्षित छु अनि म मेरो सुरक्षा आफै गर्न सक्छु नि हैन बाबा ? बाबालाई थाहा छ नि . अस्ति साँझ बाबाले नै त हो भोलि देखि छोरी देशाटनमा जान्छे र जिम्मेवार नागरिक बन्छे भनेको . हो बाबा मलाई यो तिन–चार महिना घुम्न देऊ . मैले आज सम्म बाबा-मम्मीले भनेको सबै कुरा माने नि हैन ? १५ वर्ष सम्म स्कूल गए, तर खै के सिके मैले ? पहिले पाँच – छ वर्ष त खासै सिक्ने कुरा भएन, तर बिगत १० वर्षको पढाई त मैले तिन–चार वर्ष मै सक्ने थे त . तर मलाई बाबा-मम्मीले, सर–मिसहरुले पढ्न पर्छ भनेकै भरमा चुपचाप पढीरहे अनि बिध्यमान प्रणाली ले पनि मलाई एक वर्ष नपुगी कक्षा चढ्न दिएन नि . हेर त बाबा, मेरो कति वर्ष खेर गयो ? अब मलाई यो तिन–चार महिना छुट्टी मनाउन देऊ के . हिमाल चुप हुन्छ . ऊ सँग छोरी सँग असहमति जनाउनुपर्ने कुनै कुरा हुन्न, तर ऊ बाबु हो नि, बिगतको १८ वर्षमा उसले के के छाडेन छोरीको लागि ? हिमालले रीशान्तिनीलाई सम्झाउछ, घुम्न दिऊ उस्लाई केहि समय घुम्छु अनि फर्कन्छु भन्छे . शुझ्बुझ कि नै छे . जान्छु त भन्थी नि, तर हामीले पत्याएनौ . अनि फोन हराउँदा र यताको परिस्थिति उस्ले थाहा नपाउदा सबैले दुख पाउनु भो . सायद हामी पनि अलि बढी नै आत्तियौ कि ? जे भयो भयो, ऊ सुरक्षित छे त्यहि राम्रो भयो . हिमालले प्रहरी प्रभाग प्रमुखलाई उद्दारकोलागि पठाईएका प्रहरीलाई फिर्ता बोलाउन अनुरोध गर्छ . प्रभाग प्रमुखले खतराको अध्ययन गरि सुरक्षित अवस्था भए ‘कथा’लाई त्यहि छाडेर फर्कन भन्छ . उद्दार टोलिले घर खानतलासी गर्छ, बाहिरी परिस्थिति हेर्छ अनि खासै खतरा नदेखिएको सूचना काठमाडौँलाई दिई ‘कथा’ र बज्युलाई सतर्क रहन र केहि खतरा आइलागे प्रहरीको आपतकालीन नम्बर (१००) मा फोन गर्न भन्दै फर्किन्छ . ‘कथा’ ले बाबालाई रु ५०० को रिचार्ज कार्ड कोड पठाइदिन भन्छे . आफ्नो फोन सिटी बसमा हिड्दा कतै खसेको वा कसैले पिक पकेट गरेको हुन सक्ने हुँदा बेला-बेला बज्यु कै नम्बरमा फोन गर्न भन्छे . आफुले भोलि नया फोन र सिम लिएपछि नियमित सम्पर्कमा रहने बाचा गर्दै मम्मीलाई नआत्तिन भन्छे . अर्को दिन बिहान बज्युसंग बिदा हुँदै ‘कथा’ यात्रामा निस्कन्छे . बज्युले उस्लाई शुभ-यात्राको कामना गर्दै सेतो टिका र सेतो खादा लगाई यात्रामा साबधानी अपनाउन, खतरा महसुस भए बाबा-आमालाई खबर गर्न, अनि कहिले कहिँ बज्युलाई सम्झन भन्दै बिदा दिन्छिन . बज्युले पटुकीको गाँठो फुकाउदै रु २५ को ढ्याक ‘कथा’लाई दिदै गोलैचीको फूल कानमा लगाई दिएर बिदा गर्छिन . -------------------------------------------------- ४ --------------------------------------------------------------- ‘कथा’ जिन्दगीका कथा खोज्दै डुलेकी छे . उस्ले यति सानो नेपाल यति जटिल होला भन्ने आकलन नै गरेकी थिइन . ऊ जति यात्रा गर्छे, त्यति नयाँ कुरा थाहा पाउछे . उस्को ‘जान्ने रहर’ र ‘ज्ञानको भोक’ दिन-दोब्वर रात-चौबर भैं रहन्छ . बेला-बेला बाबा-मम्मीको सम्झनाले नसताउने पनि होइन . तर उस्लाई घुमाईको अनुभबले यस अगाडी स्कूलमा बिताएका दसौ बर्ष खेर फाले जस्तो महशुश भैं रहेको छ . कहिले सुकुम्बासी बस्तिको बेहाल त कहिले डिस्कोमा छल्किएको जवानी; हिलोमा रुमलिदै निस्फिक्री रमाएका बच्चाहरु देखि बाल्यकाल देखि नै शाररिक श्रम नगरी सुख नपाएका बच्चा र आफु जस्तै अठारौ वर्ष सम्म बाबुले कथा सुनाउदै सुताउनु पर्ने स्वाठहरु ? त्यति मात्रै हो र ? दुइ छाक खान नपुगेका गरिबले तिर्नु पर्ने कर होस् वा त्यही करमा हालीमुहाली गर्ने राज्य संचालक, अनि दिनभरिको परिश्रम र पसिनाको मोललाई कार्टेलिंग मार्फत असुलेर दुइ–चार वर्षमै अर्बपति बन्ने ब्यापारी हुन् वा बिकाशको नाममा भएका बिनाश ? राजनीतिक पार्टी र नेताको गोटीबनेका युवा हुन् कि बिदेशी भुमि बाट दिन-दिनै बाकशमा बन्द भएर आउने युवा... यी सबै अवस्था बारे अनभिज्ञ ‘कथा’को दिमाग दिन-दिनै रन्थनिन्छ . तिन महिना बढी भयो ‘कथा’ घुम्न निस्केको . तर नया कुरा थाहा पाउने क्रम रोकिएको छैन . ऊ आश्चर्यमा पर्छे -जाबो लामखुट्टे नमर्ने जाडोले तराईमा मान्छे मर्छन भन्ने थाहा पाउदा; हरेक वर्ष मनसूनमा आउने बाढी, जुन नियमित नै हो, त्यसबाट बच्न कुनै तयारी नभएको देख्दा; पहाडमा बच्चाहरु घन्टौ हिडेर स्कूल जाने गरेको, अझ बाढीले भरिएका खोलाहरुमा तुइन वा लठ्ठीको भरमा मान्छेहरु तरेको देख्दा . हैन म कुन लोकमा थिए ? के यी कुराहरु राज्य संचालकको दृष्टीबाट बाहिर होलान र ? ‘कथा’आफै लाई सोध्छे . उस्ले देशमा हुने नियमित चुनाब बारे थाहा त पाएकी छ तर चुनाब पछि के हुँदो रैछ त ? ‘कथा’लाई यो संसार बिचित्रको लग्न थालेको छ . ‘बलात्कारीलाई फासीदे’ भन्नेहरु जुलुस सकिना साथ गौडो छोपेर युवती जिस्क्याएको; डेटिंग र बैबाहिक जीवनमै यौनहिम्सा भएको; सार्बजनिक बसमा महिला चढेको देख्ने बित्तिकै पुरुषहरुको असामान्य चाल हुने गरेको; सार्बजनिक ठाउँमा एउटा र निजि ठाउँमा अर्कै ब्यबहार गर्ने गरिएको; हो ‘कथा’ले यस्ता सबैखाले छलहरु देख्ने मौका पाई . यो यात्रामा ‘कथा’ले कति ठाउँमा आफै बिरुद्द हुन लागेको यौनहिम्साको प्रतिकार पनि गर्नु पर्यो; धन्न उस्ले स्कूलमा सिकेको र कंग्फु पान्डा हेर्दै सिकेको मार्शल आर्ट र बाबासंग गरेको प्राक्टिस बेला-बेलामा काम लागेको छ . ‘कथा’को यात्रा यत्ति मै रोकिन्न . समान्न्य मौसमी फ्लू वा झाडा पखाला वा प्रसुती जन्य कठिनाईले होस् वा भोकमरीले होस्, मान्छेहरु मरीरहेका छन्; सामान्य दुर्घटना वा विपदमा समयमा उद्धार र उपचार नहुँदा धेरैको ज्यान गएको छ; कतिपयको दिर्घरोगको उपचार गर्दागर्दै उठिबास भएको छ भने गरिबीको कारण वा तनाब ब्यबस्थापन गर्न नसक्नेहरुले आत्माहत्याको बाटो रोजेको... तर यस्ता सबैखाले रोक्न सकिने मृत्युहरुलाई भगवानको प्यारो भयो त्यसैले बोलायो भन्दै सामान्यीकरण गरिएको देख्दा ‘कथा’ बिरक्तिन्छे . उस्लाई लाग्छ बास्तवमा तिनीहरुलाई भगवानले बोलाएका होइनन . बिद्यालयहरुमा कलिला बालबालिका भोकभोकै दिनभरी बस्नु परेको त सबैलाई थाहा छ त . पेटभरि खान नपाएका, एकसरो न्यानो लुगा नभएका, सामान्य बाढीमा सर्वस्व गुमाउने परिवारका ति कलिला अनुहारको समेत माया नलाग्ने ? बुढा बुढी र रोगिहरु प्रति सामान्य मानबियता नदेखाउने ? न्युनतम उपचार नदिने ? रोग प्रतिरोध गर्न नसकेर, समयमा उपचार नपाएर धेरैको मृत्यु हुँदा भगवानको प्यारो कसरि हुन्छ ? अस्पतालहरुमा किन यती धेरै भिडभाड छ ? के मानिस जन्मजातै रोगि प्राणी हो त ? होइन तिनीहरु त राज्यसंयन्त्र र समाजले भगवानकोमा पठाएका मृत्युहरु हुन्, अझ भनौ तिनीहरुलाई त मारिएको हो . त्यति पनि किन बुझ्दैनन् मान्छे ? अझ अनौठो के भने ‘कथा’ले बल्ल महिलाको मासीक चक्रलाई भयानक चित्रण गरि असुरक्षति र अस्वस्थ्यकर ठाउँहरुमा राख्ने गरिएको थाहा पाई . ‘कथा’ आफुनै यो यात्राको क्रममा कति ठाउँमा महिला भएकोले पलंगमा सुत्न नपाएको, एक्लै देशाटनमा हिड्दा धेरै खाले प्रश्न सोधिएको, कतिपय ठाउँमा खराब आइमाईको रुपमा परिभाषित गरिएको, एक–दुई दिन सम्पर्कमा नआउदा परिवारमा कोलाहल मच्चिएको, अनि कुनै परिवारको पिडालाई मजाक बनाई पैसा कमाउने जुक्ति बनाइएको... त्यति मात्रै कहाँ हो र ? क्याम्पसहरुमा भिन्न राजनीतिक पार्टीका समर्थक बीच झडप गर्न जनशक्ति हुने तर खेत–बारीमा खेति गर्न श्रमिक नपाइने गरेको, दिल्ली, मुम्बई, दोहामा बेचिने महिला र युवती बारे चासो राखिने तर रत्नपार्क– ठमेल– गोंगोबू क्षेत्रमै हुने मानब व्यापार बारे मौन रहने गरिएको... यस्ता सामान्य समस्या समाधान गर्न बिद्यार्थी स्वयंसेवक लग्न सक्तैनन् ? हैन कस्तो संसार हो यो ? मनिस त सामाजिक प्राणी भनेर पढिएको थियो . के आजको मानिस मानिस नै हो त ? यहाँ मानब सभ्यता र समाज कहाँ छ खै ? यति हुँदा पनि त्यस बारे कसैले किन सोच्दैन ? मानिसमा किन नया सोच आउदैन ? ‘कथा’ जवाफहिन हुन्छे . ‘कथा’ले बिश्वमा नेपाली पासपोर्टको प्रभाब घटेको छ भन्ने पनि थाहा पाई . तर किन ? उसले आफ्नो चिनारी खोज्न थाली . मैले नेपाली हुनुमा कसरि गर्व गर्न सक्छु ? के नेपाल माटो मात्रै हो त ? हिमाल, ताल, खोला, पहाड र मधेशको फाट वा पुर्खाले बनाएको धरहोर मात्रै हो त ? ‘कथा’ जील खान्छे अनि आफै संग भन्छे, होइन . ति त त्यसैपनि प्रकृतिका देन भए नि . ति त नेपालका नभएका भए अरु कुनै देशका हुन्थे नि ! देश त यो माटो हैन, यो माटोमा बस्ने मान्छे हो . यहाँको राज्य पद्दति हो, यहाँको अर्थतन्त्र हो, यहाँको इज्यत हो, यहाँको पहिचानलाई दिइएको सम्मान हो . अझ भनौ, समग्रमा यहाँको बिकाश हो . विकास ? के हो विकास? मैले त विकासबारे केहि पढेकी छैन नि त . मलाई विकास बारे किन पढाईएन वा मैले आफै किन पढिन ? सायद मैले पढ्नु पर्ने बिषय त्यहि पो थियो कि ? अब मैले बिकाशलाई कसरि परिभाषित गरु ? ‘कथा’ भित्र-भित्रै घोत्लिंछे र भन्छे हैन कति धेरै प्रश्न ? यिनको जवाफ कसले र कसरि दिन्छ ? के ति जवाफले मेरो चित्त बुझ्ला ? सायद बिकाशको परिभाषा अब मैले आफै बनाउनु पर्छ . त्यसलाई मैले ब्यबहारमा ल्याउनु पर्छ . यी तिन महिनामा मैले सबै खाले ठाउँ र धेरै खालका मानिस संग भेटे, कुराकानी गरे, कति ठाउँमा बास बसे, आत्मियता साटे . ति सबै मानिस नराम्रा थिएनन् नि . हो तिनै राम्रा मान्छेहरुबाट बिकाशको परिभाषा खोजछु . ‘कथा’ले दृढता पुर्बक मुठ्ठी कस्छे . ------------------------------------------------ ५ ---------------------------------------------------------------- झमक्क साँझ परिसकेको छ . भदौरे झरी झम-झम बर्सेको छ . आकाश गर्जंदा बत्ति निभेको छ . ढोकामा टक-टक आवाज आउछ . हिमाल भित्रबाट सोध्छ को हो ? बाहिरबाट आवाज आउदैन तर फेरी टक-टक आवाज आउछ . रीशान्तिनी र हिमाल ससंकीत हुन्छन . केहि दिन देखि ‘कथा’ले फोन गरेकी छैन . आमा-बाबु दुवै जना कुनै खराब समाचार आउला भनेर डराई रहन्छन . हिमालले मोबाइलको बत्तिले देखाउछ, रीशान्तिनी बिस्तारै ढोका खोल्छिन . मधुरो प्रकाशमा निथ्रुक्क भिजेको शरीर तर धप्प बलेको अनुहार चम्किन्छ . हिमाल र रीशान्तिनी एकाएक कराउछन – ‘कथा’ के हुलिया बनाएकी ? ‘कथा’ले दुवैलाई अंगालोमा समाउछे . म आए बाबा-मामु . तपाईंहरुलाई कस्तो छ ? सबैका आँखा रसाउछन . ‘कथा’ले भिजेका लुगा फेर्छे . आमाले ‘कथा’लाई सूप बनाइदिनछिन . ‘कथा’ले बीचबीचमा घरि बाबालाई घरि मामुलाई प्रश्न सोध्दै आफ्नो यात्रा वृतान्त सुनाउछे . बाबा बिकाश के हो ? बाबा– स्वछन्द खुशी हो . ‘कथा’– त्यसो भए बच्चा किन खुसि हुन्छन त ? बाबा- ‘निश्छल भएर’ . ‘कथा’– जवान मान्छे निश्छल हुन सक्दैन ? बाबा– ‘सक्छ तर त्याग गरे मात्रै’ . ‘कथा’– अनि जवान मानिसको बिकाशको मापदण्ड के त बाबा ? बाबा– परिश्रम र पसिना . ‘कथा’– त्यसको अर्थ जवान मान्छे खुशी हुन्न त ? बाबा– खुशी हुन सक्छ तर हुन हुँदैन . खुशी र सन्तोष प्रगति र उन्नतिको बाधक हो . ‘कथा’– उसो भए सधै पिडामा बाँच्ने त ? बाबा– होइन, जसरि बाल्यकाल स्वछन्द खुशीमा बित्छ, जवानी परिश्रम र पसिनासंग बिताईन्छ . सन्तोष मान्ने त सपनाहरु देख्न छाडेपछी, शशिर शिथिल भएपछी, आफुले गरेका कृतिको प्रभाब हेर्दै, आफ्ना सन्तानले, आफ्ना चेला-चेलीले आफुबाट सिकेको ज्ञान कसरि फैलाईरका छन् ? आफुलाई कसरि सम्मान दिएका छन् ? त्यो हेर्दै सन्तोषको सास फेर्ने हो . यस्तो सन्तोषले सहज र तृप्त मरणलाई सम्भब बनाउछ . मृत्यु पछि आत्मा भट्किन्दैन . ‘कथा’– ठिक, औला उठाउदै- अब कुरा मिल्यो, ‘बिकाश भनेको स्वछन्द खुशी, परिश्रम र पसिना अनि सन्तोषको सास हो . खुशी नपाएको बालक, परिश्रम नगर्ने जवान र असन्तोषी पाका मान्छे भएको समाजलाई बिकशित समाज भन्न सकिन्न र भन्न हुन्न !’ बाबुले टाउको हल्लाउदै हो भन्छन . तर बाबा म संग त दर्जनौ प्रश्न छन् . यो बिकाशको परिभाषाले तिनलाई कसरि सम्बोधन गर्छ त ? ति सबै प्रश्न को जवाफ कसले दिन्छ त ? ‘कथा’ थप जिज्ञासु हुन्छे . बाबु- हुन त यी आदर्शबादी कुरा जस्ता देखिन्छन छोरी, तर समाधानको सुत्र ‘राज्य संचालकमा हुनुपर्ने इच्छाशक्ति र लगनशिलाता’ नै हो . आजको भोलि परिवर्तन हुँदैन . तर असम्भब त होइन नि . संसारका थुप्रै देश त्यहि बाटोबाट बिकशित भएका छन् . राज्य संयन्त्र असल नियतका जिम्मेवार मनिसले नेतृत्त्व लिने हो भने परिवर्तन सम्भब छ... यसरि कुराकानी हुँदा-हुँदै टिवीमा समाचार आउछ ‘... कक्षा १२ को परीक्षाको नतिजा निकाल्ने तयारी पुरा, भोलि बिहान सातबजे नतिजा प्रकाशित गरिने...’ तिनै जना मुखामुख गर्छन . बाबाले सोध्छन छोरीलाई, अब के पढ्ने त ? आमाले हतारमा जवाफ दिन्छिन – मेडिसिन पढ्ने नि . हिमाल र छोरी हास्छन– मम्मीको छोरी भनेर मेडिसिन पढ्न दिन्नन क्यारे ‘कथा’ बोल्छे . इन्ट्रान्स पास गर्नु परेन ? अनि यत्रो घुमेर आकी छे अब मेडिसिनमा नाम कसरि निस्कन्छ ? हिमाल बोल्छ . ‘कथा’– मैले अझै पढ्नु पर्ने ? फेरी स्कूल जानु पर्ने ? फेरी जाँच दिनु पर्ने ? म अब औपचारिक रुपमा पढ्दिन किनकि औपचारिक पढाईले बहु-बिषयमा ज्ञान दिदैन . अनि कुनै विषयको मात्रै जानकारीले मैले देखेका यत्रा समस्याको समाधान कसरि हुन्छ भनेर थाहा पाउने ? मैले मेडिसिन पढ्नु पर्छ, इंजिनेरिंग पढ्नु पर्छ, समाज बिज्ञान र अर्थसास्त्र पढ्नु पर्छ, कुशल ब्यबस्थापकिय ज्ञान बिना यत्रो भयाबह स्थिति कसरि सम्हाल्ने ? कानुनको ज्ञान बिना खराब आचरणका मानिसहरुलाई कसरि ट्रयाकमा राख्ने ? के कृषिको ज्ञान बिना पेट भर्छ ? नेपाल र बिश्वको जटिल भूगोल र त्यसले मानब सभ्यतामा पार्ने असरबारे नजानी गरेका प्रयास काम लाग्लन त ? बिकाशको नाममा बिनास पनि त हुँदो रैछ नि, अनि बाताबरण बिज्ञान कसरि छोड्नु ? के पृथ्वी मान्छेको मात्रै घर हो र ? यहाँ सबै जीव जन्तु र बनस्पतिको अस्थित्त्वपनि त स्विर्कर्नु पर्छ नि . त्यति मात्रै हो र ? पर्यावरण ब्यबस्थापन देखि शुक्ष्म जीव बिज्ञान बिनाको ज्ञान त अधुरै रहन्छ नि हैन बाबा अनि धर्म संस्कृति बिनाको पहिचान नैतिक ? त्यसैले मैले अब अनौपचारिक रुपमा मात्रै पढ्छु ताकी मन लागेको कुरा पढ्न पाउ . दिन भरि स्कूल गएर समय बर्बाद गर्दिन . म स्व-अध्ययनमा रमाउदै मैले थाहा पाएका प्रश्न को जवाफ खोज्छु . आमा रिरिसाउदै कराउछिन– अँ अब सबै तैले एक्लै गर्नु पर्छ . आज सम्म भद्रगोल भाको नै तँ नभएर होला नि . खुब जान्ने भैछ त . बाबा- तिम्रो कुरा र विचार बेठिक होइन छोरी . तर अब तिमि जाने बिश्वबिद्यालयनै सबै ज्ञानको भण्डार हो . त्यहाँ तिमीले यहाँ सोधेका सबै प्रश्नको जवाफ पाउने छौ . उच्च शिक्षाको प्रकृति स्कूलको जस्तो संकुचित हुन्न . भलै तिमि कुनै एउटा बिषयमा भर्ना भएर, कुनै एउटा बिषयको डिग्री हासिल गरौली, तर त्यहाँ तिमिलाई सबै विषयमा जान्ने स्वतन्त्रता हुन्छ . तिमीले सोचेको बिषयमा जान्न पनि औपचारिक शिक्षा लिनु पर्ने हुन्छ किनकि ति सबै बिषयमा लेखिएका पुस्तक पढ्न, पुस्तकालयमा पाइने श्रोत-साधनको उच्चतम प्रयोग गर्न, आफुलाई स्पस्ट नभएका बिषयमा सहपाठी वा प्राध्यापकहरुसंग बहस गर्नपनि नियमित बिद्यार्थी हुनुपर्छ . बिश्वबिद्यालयको अध्ययनमा यी सबै खाले प्रश्नले ठाउँ पाउछन . त्यसैले तिमीले कुनै बिषय त पढ्नु पर्छ नै, कम्तिमा थप छ वर्ष- चार वर्ष अन्डर ग्राडज्यूएट र दुई वर्ष ग्राडज्यूएट . अझै छ वर्ष ? आँखीभौ तन्काउदै कराउछे ‘कथा’ . ओके, भोलि सम्म रिजल्ट पर्खौ न त . फेल भए त पढ्न पर्दैन नि हैन त ? हाहा ... ‘कथा’ हाँस्छे . ---------------------------------- ६ ----------------------------------------------------------------------------- बिहान सातबजे १२ कक्षाको नतिजा प्रकाशित हुन्छ . ‘कथा’ राम्रै अंक ल्याएर पास हुन्छे . केहि हप्ता ऊ कुन बिषय पढ्ने भन्नेबारे साथीभाई, बाबु-आमा, अनि विभिन्न क्याम्पस र बिश्वबिद्यालयका प्राध्यापकहरुसंग छलफल गर्छे . बिश्व परिवेश अध्ययन गर्छे . तर धेरैको सुझाबमा उसले ‘क्यारिअर’लाई फोकस गरिएको पाउछे जुन ‘कथा’को रोजाईको सल्लाह होइन . अन्त्यमा ऊ बाबा संगै छलफल गर्छे र बिकाश भूगोल र समाज–पर्यावरण अन्तर सम्बन्ध पढ्ने निधो गर्छे अनि बाबासंग भन्छे, बाबा म पढ्दै समुदायमा काम गर्छु ता कि भोलि मैले केहि दिन अघि भनेका सबै प्रश्न को जवाफ खोज्न सकु . हिमाल- ‘तिम्रो इच्छामा हाम्रो शुभकामना छ छोरी .’ दिन, हप्ता , महिना र बर्षहरु बित्दै जान्छन . ‘कथा’ले बिश्वबिद्यालयको अध्ययन पुरागरेर दीक्षित भएको पनि धेरै वर्ष भैसक्यो . उस्ले सबै जसो समुदायमा आफ्नो पहूच र पकड जमायेकी छ . धेरै स्थानीय समुदायले उस्लाई आफ्नो समुदायको नेतृत्व गर्न, राजनीति मार्फत राज्य संयन्त्रलाई सहि बाटोमा ल्याउन अनुरोध गरेका छन् . हुन पनि अर्को वर्ष निर्बाचन आउदैछ . ‘कथा’ पनि सोच्छे कि आफुले बर्सौ अगाडी थुपारेका प्रश्न को जवाफ अझै मिलेको छैन र बिद्यमान नेतृत्वबाट त्यो सम्भब पनि देखिदैन . आखिर परिवर्तन चाहने हो भने राजनीतिमा त आउने पर्छ . तर सुरु कहाँ बाट गर्ने ? मेरा चुनाबी मुद्दामा कसले साथ् देला त ? ऊ एकोहोरिन्छे . अनि बिद्यमान राजनीतिक दलमा न उस्ले कुनै ठाउँ पाउछे न पाई हाले पनि जित्ने सम्भावना छ . त्यसो भए विकल्प के त ? बैकल्पिक राजनीति सम्भब छ त ? विभिन्न दलमा बाँडिएका समुदाय उसले नदेखेकी होइन . प्राथमिक बिद्यालय ब्यबस्थापन समितिमा बस्न तछाड-मछाड गर्ने समुदायले उस्लाई नेता मान्लान त ? जवाफ सहज छैन . उसले बाबाको सल्लाह माग्छे . बाबा– हो तिमिलाई डर लाग्ला तर तिमि जति बेला अत्यधिक डराउछौ नि, हो त्यहि बेला हो हाम फाल्ने . तिम्रो डरको आकलन गर र निर्णय गर . तर बिद्यमान दुर्गन्धित खोलामा हाम नफाल . फोहोर खोलामा सफा पानी हालेर खोला सफा हुँदैन . खोला सफा हुन सफा पानीले अलग धार बनाउनै पर्छ . ‘कथा’ फेरी देशाटनमा निस्कन्छे . यस पटक उस्को उद्देश्य फरक छ . अब हालसम्म उस्ले खोजेका प्रश्नको जवाफ दिने जिम्मेवारी आफै लिनु छ . नजिकिँदो निर्बाचन, धेरै समुदायसंगको छलफल र समुदायको प्रतिज्ञा पछि ‘कथा’ प्रत्यक्ष निर्वाचित कार्यकारी पदकोलागि उम्मेदबारी दिने निर्णयमा पुग्छे . निर्बाचन जति नजिकिन्छ, चुनाबी चहल-पहल बढ्दै छ . कथित ठुला दल र नेताहरु ‘कथा’लाई स्वतन्त्र उम्मेदबार बनेकोमा गिज्याउछन् . थरि-थरिका आरोप र लानच्छना लगाउछन . तर ‘कथा’ शान्त छ . उस्का कुनै भाषणहरु उत्तेजक छैनन् . चुनाबी अभियानमा पनि कुनै तडक भडक छैन . उस्को चुनाबी नारा त्यहि छ ‘बिकाश भनेको स्वछन्द खुशी, परिश्रम र पसिना अनि सन्तोष को सास हो . खुशी नपाएको बालक, परिश्रम नगर्ने जवान र असन्तोषी पाका मान्छे भएको समाजलाई बिकशित समाज भन्न सकिन्न .’ बिकाशकोलागि ‘किताबमा’ भोट दिनुहोस . मैले ‘४० वर्ष काम – ४० वर्ष सित्तैमा माम’ को नारा अघि सरेको छु . आगामी पाँच वर्षमा देशबसीको औषत आयु ८३ वर्ष पुर्याउने गरि काम गर्ने छु र कसैलाई पनि गास, बास, कपास, शिक्षा र स्वास्थ्य बाट बन्चित गरिने छैन . मेरो चुनाबी नारा प्रति म जिम्मेवार छु . बिजयी भएर ति काम नगरेको अवस्थामा म प्रति प्रश्न उठाउन पाउनु हुनेछ . हेर्दाहेर्दै निर्बाचनको दिन आइपुग्छ . छिट-फुट घटना बाहेक निर्वाचन शान्तिपूर्ण हुन्छ . मतगणना प्रतिस्पर्धी नै छ . ‘कथा’ कता-कता डराई रहेकी छे . अलिकति नभर्स पनि . तर नतिजा ‘कथा’ को पक्षमा आऊछ . बिजयपछि ‘कथा’ले मतदातालाई शान्त रहन र आफ्नो प्रतिज्ञा प्रति सदैब प्रश्न उठाउन अनुरोध गर्दै सबैलाई धन्यवाद दिन्छे . ---------------------------------------- ७ ----------------------------------------------------------------------- आज प्रधानमन्त्रीको सपथग्रहण छ . ‘कथा’ हातमा सपथग्रहणको पाना लिएर देश-विदेशका बिशिस्ठ व्यक्तिहरु अगाडी उभिएकी छे . टिवीमा प्रत्यक्ष प्रसारण भइ राखेको छ.... यत्तिनै बेला आवाज आऊ छ ... नानी उठ ! सात बजि सक्यो...! यी बाउ-छोरी कति सुत्छ्न ? म चाही सुत्न ढिला अनि उठ्न चाही चाडो हुनुपर्ने तिमीहरु चाही... रीशान्तिनी फतफताउदै सिरक फालीदिन्छे . ... एक छिन सुत्न देको भए के बिग्रिन्थियो ? चुनाब जितेर प्रधानमन्त्रीको शपथ लिनै लाथे, सबै बर्बाद भो हैन? ‘कथा’ कराउदै उठ्छे, बाबु-आमा गलल्ल हास्छन .

No comments:

Post a Comment